पर्सा,श्रीनारायण महतो १५ बैशाख
कोरोना भाइरसबाट बाच्नको लागी सरकारले गरेको लकडाउनको प्रभावबाट प्रभाबित भएको बिपन्न बर्गलाइ पर्साको पर्सागाढ़ी नगरपालिकामा राहत बितरण गरिएको छ lपर्सागढी नगरपालिकामा लकडाउनबाट प्रभाबित भएका वडा नम्बर ९ को बर्डेवा, तेलिया र एकटांगाका १८१ जना अतिविपन्न परिवारलाई राहत वितरण गरिएको वडा अध्यक्ष रामनारायण प्रसाद गौरोले बताउनुभयो ।
वडाका सर्वपक्षिय समितिले गरेको निर्णयको आधारमा राहत उपलब्ध गराईएको उहाले बताउनुभयो ।प्रत्येक परिवारलाई २० किलो चामल, २ किलो मसुर दाल, २ किलो नुन, खाने तेल १ किलो, नुहाने र लुगाधुने साविन ४ पिस राहत स्वरुप उपलब्ध गराईएको वडा अध्यक्ष गौरोले बताउनुभयो ।
वडामा कुल जनसंख्या ३ हजारको हराहरीमा छन, जसमध्ये सर्वपक्षिय समितिले नै १८१ जना अतिविपन्न परिवारलाई छनौट गरेको थिए वडा अध्यक्ष गौरोले बताउदै, त्यसकै आधारमा नगरपालिकाले उपलब्ध गराएको राहत सोमबार ईलाका प्रहरी कार्यालय एकटांगाको सहयोगमा व्यवस्थित र लकडाउनको नियमको पालना गर्दै वितरण गरिएको बताउनुभयो ।