तराइ खबर समाचारदाता सर्लाही-
सर्लाही जिल्लामा दुई पक्षबिच झगडा हुदा एक महिलाको मृत्यु भएको छ। जिल्लाको हरिपुर्वा नगरपालिका वडा न.८ बसन्तपुरमा कुटपिटबाट एक महिलाको मृत्यु भएको छ।
मृत्यु हुनेमा ३५ वर्षीया सैदुन खातुन रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । खातुन र खोधदी अन्सारीको परिवारबीच बच्चाको झगडाको विषयलाई लिएर विवाद भएको थियो । विवाद बढ्दै जाँदा आन्सारीको परिवारले खातुनलाई निर्घात कुटपिट गरेको थियो ।कुटपिटबाट घाइते बनेकी खातुनलाई उपचारका लागि जनकपुर लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरी नायव उपरीक्षक मदन कुवँरले जानकारी दिएका छन् । दिउँसो खातुन र अन्सारीको बच्चाबीच सामान्य झगडा भएको थियो । त्यही झगडा परिवार परिवारबीच हुन पुग्दा ठूलो दुर्घटना भएको नायव उपरीक्षक कुवँरले बताए । घटनामा संलग्न ५ जनालाई हिरासतमा लिइ अनुसन्धान भइरहेको छ । खातुनको शव अहिले प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ।