कोरोना महामारी बिरुद्ध NMAJDC चिकित्सकको सुरक्षामा ध्यान दिदै

५ years अगाडी teraibulletin

कोरोना महामारी बिरुद्ध NMAJDC चिकित्सकको सुरक्षामा ध्यान दिदै

नेपाल चिकित्सक संघ अंतर्गत  जुनियर डाक्टर कमीटीले  महामारीको यो विषम परिस्थितिमा अग्र भागमा रहेर अहोरात्र खटिएका मेडिकल अफिसरहरुको उच्च मनोबल कायम राख्न सुरक्षाको लागि एन 95 मास्क स्यानिटाइजर र पहिचान झल्काउने ज्याकेट काठमाडौंका अस्पतालहरुमा बितरण गरिएको छ। चिकित्सकहरुको खस्किदो मनोबल त्यसमाथि पनि जुनियएरहरुको हतास मनोदशालाई यस प्रकोपमा उच्च राख्न चिकित्सक संघ सदैव साथ रहेको अध्यक्ष डा. लोचन कार्कीको संदेश सहित NMAJ DC का अधिकांस सदस्यहरु र संघकै महासचिव डा बद्री रिजाल र अन्य सदस्यहरुको प्रत्यक्ष सङ्लग्नतामा महाराजगन्ज स्थित टिचिङ अस्पताल , छेत्रपाटी निशुल्क अस्पताल, वीर अस्पताल , ट्रमा सेन्टर , पाटन स्वास्थ विज्ञान प्रतिष्ठान, सिभिल अस्पताल , टेकु अस्पताल लगाएत दर्जन बढी अस्पतालमा मेडिकल अफिसरहरुलाइ पहिलो चरणमा वितरण सप्पन्न गरियो र बितरण जारी रहेको छ।
चरणबद्दरुपमा सबै अस्पतालमा कार्यरत सबै चिकित्सकहरुलाई यी सामग्री पुर्याउने लक्ष्य रहेको NMAJDC का सचिव  डा हुलास अग्रवाल बताउनु हुन्छ।
मेडिकल अफिसर पछि आवसिय चिकित्सकहरु र विशेषज्ञ चिकित्सकहरुलाइ पनि बितरण गरिने जानकारी डा रबिन बस्नेतलेे दिए |

 

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?