रौतहटमा भएटिएको नया दुई संक्रमित संगै नेपाल कोरोना संक्रमितको संख्या ५४ पुग्यो

५ years अगाडी teraibulletin

रौतहटमा भएटिएको नया दुई संक्रमित संगै नेपाल कोरोना संक्रमितको संख्या ५४ पुग्यो

 

काठमाडौं-१६ बैशाख

रौतहटमा आज दुइटा कोरोना संक्रमित भेतिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ। रौतहटका २४ र ३५ बर्षीय पुरुषको स्वाबको नमूनालाइ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पीसीआर प्रबिधिबाट परिक्षण गर्दा पोजेटिभा आएको जनाएको छ ।मन्त्रालयले गर्दै आएको नियमित प्रेस ब्रीफिंगको क्रममा मन्त्रालयको प्रवक्ता डा.बिकाश देवकोटाले रौतहटमा थप दुइजाना नया संक्रमित फेला परेको बताउदै उहाले अब कुल संक्रमितको संख्या नेपालमा ५४ पुगेको बताउनुभयो ।

प्रवक्ता देवकोटाको अनुसार हालसम्म १६ जना निको भएर घर फर्किसकेका छन्। थप २ जनासहित कोरोना संक्रमित ३९ जना देशभरका विभिन्‍न अस्पतालमा उपचाररत छन्।धनगढीमा १, आज थप दुइजनासहित वीरगञ्जमा ५, भरतपुरमा १ र विराटनगरमा ३१ जना संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले बताएको छ। आज (मंगलबार)देशभर १०७ संम्भावित संक्रमित जना आईसोलेसनमा रहेका छन् ।

तीमध्ये ४ जना काठमाडौं उपत्यकामा र काठमाडौंबाहिर १०३ जना रहेका छन्। आजको अपडेटमा देशभर २२ हजार ९९ जना मानिस क्वारेन्टाइनमा बसेका छन्। तीमध्ये तीनवटा प्रदेशमा एक हजार भन्दा थोरै मात्र क्वारेन्टाइनमा रहेका छन्। बागमती प्रदेशमा ३ सय ६१ जना र गण्डकी प्रदेशमा ६ सय ७६ जना रहेका छन्। सबैभन्दा बढी प्रदेश नम्बर ५ मा १२ हजार १ सय ६४ जना छन्। त्यस्तै, कर्णाली प्रदेशमा ३ हजार ७८९, प्रदेश नम्बर १ मा २ हजार २ सय ८८, प्रदेश नम्बर २ मा १ हजार ५ सय १२ र र सूदुरपश्चिम प्रदेशमा १ हजार ३ सय ९ जना  रहेको नियमित प्रेस ब्रीफिंगको क्रममा उहाले बताउनु भयो    l

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?