तराइ खबर समाचारदाता- धनुषा,
धनुषा जिल्लाको मिथिला नगरपालिका-७ का वडाअध्यक्ष युवराज उप्रेतीको निधन भएको छ ।
मंगलवार उप्रेतीको हृदयघात भएर मृत्यु भएको मिथिला नगरपालिकाका नगरप्रमुख हरिनारायण महतोले पुष्टि गरेका छन् । उनका अनुसार पोखरियास्थित मिथिला सागरमा निर्माणाधिन भवनको अवलोकन गर्न गएको समयमा वडा अध्यक्ष उप्रेती हृदयघात भएर भुँईमा ढलेका थिए । उपचारको लागि जनकपुर लैजादै गर्दा उनको बाटैमा मृत्यु भएको नगरप्रमुख महतोले जनाए ।
उप्रेती तत्कालिन माओवादीबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।