एजेंसी १७ बैशाख -बिश्व माहामारीको रुपमा नै फैलिएको नोबेल कोरोना (कोभिड -१९ ) भाइरसको संक्रमणबाट भारतमा मृत्यु हुनेको संख्या एक हजार नाघेको छ । भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालय का अनुसार अहिलेसम्म भारतमा कोभिड–१९ बाट भारतमा एक हजार सातजनाको ज्यान गइसकेको जनाएको छ ।
यसै गरी समाचार तयारपारुन्जेल सम्म संक्रमितको संख्या पनि ३० हजार भन्दा बढी पुगेको छ । मन्त्रालयका अनुसार हालसम्म कुल संक्रमितको संख्या कम्तिमा ३० हजार ३२५ रहेको छ । त्यसमध्ये सात हजार ६९५ जना निको भएर घर फर्किएको जनाएको छ ।