महोत्तरीमा ४ जनाको रहस्यमय मृत्यु, कारन मदिरा रहेको आशंका

५ years अगाडी teraibulletin

महोत्तरीमा ४ जनाको रहस्यमय मृत्यु, कारन मदिरा रहेको आशंका

       धर्मेन्द्र कुमार यादव- महोत्तरी,
महोत्तरी जिल्लाको भंगहा नगरपालिकामा ४ जनाको रहस्यमयी मृत्यु भएको छ । भंगहा वडा नम्बर ७ स्थित मेघनाथ गोरहन्ना टोलमा बुधवार विहान सम्म ४ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय ४० वर्षका मोहन चौधरी, ५२ वर्षका नथुनी चमार, ५४ वर्षका लालबाबु सिंह र बर्दिवास नगरपालिकाका ५२ वर्षका गंगाराम सदा रहेको कुरा प्रहरी ले जनाएको छ। मंगलबार साँझदेखि बुधबार बिहानसम्ममा उनीहरुकाे मृत्यु भएको हाे। मृत्युहुने सबै रक्सी पिउने व्यक्ति भएकाले विषाक्त मदिरा बाट उनीहरुको मृत्यु भएको हुन सक्ने अनुमान गरिएको छ ।

महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले शव पोस्टमार्टम नगरी रक्सीकै कारण मृत्युु भएको निष्कर्षमा पुग्न नसिकने बताए ।

उता मृत्यु भएका मध्ये गंगाराम सदाको शव जलाउने स्थलमा प्रहरी पुग्दा जलाइ सकिएको थियो । लालबाबु सिंहलाई बिहान जनकपुर उपचारका लागि लाँदै गर्दा बाटोमै मृत्युु भएको थियो । चार जनामध्ये उनको शव मात्र जलाउन बाँकी रहेकाले प्रहरीले नियन्त्रणमा लिन गएकाे हाे ।

यसैबीच मृतक लालबाबुको घरबाट प्रहरीले रक्सी बरामद गरेको छ । यसकाे परिक्षण गरिने प्रहरीले जनाएको छ ।

विषाक्त मदिरा सेवनबाट उनीहरुको मृत्युु हुन सक्ने अाशंका भएपछि प्रहरीले स्थानीय मदिरा भट्टीमा छपामारी गरेको छ । स्थानीय रामपुकार सिंहको घरमा मदिरा तयार गर्न राखेको ८ सय लिटर कच्चा पदार्थ प्रहरीले नष्ट गरेको छ ।
श्रोत:- टुडे पाटी

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?